तुलसी सिटौला (आठराई)

नेपाल राष्ट्रिय प्राध्यापक सङ्‌गठन कोशी प्रदेश विराटनगरले महत्वपूर्ण निर्णय गर्दे चौथो पूर्ण   बैठक तथा सम्मान  तेह्रथुमको आठराईमा  मंगलबार सम्पन्न भएको  छ ।

बैठक पश्चात कोशी  प्रदेशका विभिन्न क्याम्पसका क्याम्पस प्रमुख लगायतका पदाधिकारीलाई सम्मान गरेको थियो ।

सम्मानित हुने क्याम्पस प्रमुखहरु डिग्री क्याम्पस विराटनगरका  ढकबहादुर मगर,तेह्रथुम बहुमुखी क्याम्पसका पोष्टराज लामिछाने, पाथिभरा वहुमुखी क्याम्पस ताप्लेजुङका  सजन पौडेल, वेलका जनता क्याम्पस उदयपुरका  सुजनकमार कटुवाल रहेका छन् ।

त्यस्तै सहायक क्यामस प्रमुखहरु क्रमशः धनकुटा बहुमुखी क्याम्पस धनकुटाका सूर्यदेवप्रसाद यादव र महेन्द्ररत्न क्याम्पस इलामका भीमप्रसाद रिजाल रहेका छन्।  त्यस्तै पूर्वाञ्चल विश्वविद्यालय पुनरावेदन आयोग सदस्य जयराम सुन्दास र तेह्रथुम बहुमुखी क्याम्पसका विद्यार्थी कल्याण प्रमुख लोकेन्द्र सिटौला गरी ८ जनालाई सम्मान गरिएको प्रदेश कमिटी सचिव गोविन्दकुमार सुवेदीले जानकारी दिए । sammanit 1

नेपाल राष्ट्रिय प्राध्यापक सङ्‌गठन कोशी प्रदेशका अध्यक्ष ढकबहादुर मगरको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका १नं प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ ( मिक्सो ) को प्रमुख आतिथ्यता तथा आठराई गाउँपालिका उपाध्याक्ष वलिराज इनामको विशिष्ट आतिथ्यमा सम्पन्न बैठक तथा सम्मान कार्यक्रममा नेपाल राष्ट्रिय प्राध्यापक सङ्‌गठनका केन्द्रीय सदस्यहरु तथा  अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष र विभिन्न क्याम्पसका प्राध्यापक लगायतले  मन्तव्य तथा  आफ्नो धारणा राखेका थिए  । कार्यक्रममा त्रिविका आङ्गिक क्याम्पसका समस्याहरू,सामुदायिक क्याम्पसका समस्याहरू, पूर्वाञ्चल विश्वविद्यालयका समस्याहरु लगायत समग्र नेपालको उच्चशिक्षाको  अवसर र चुनौतीका बिषयमा छलफल समेत भएको प्राध्यापक संगठनका अध्यक्ष ढकबहादुर मगरले बताए। 

sammanit 3