बिर्तामोड ,

बिश्व पर्यटन दिवसकाे अवसरमा आदर्श कलेजले   कार्यक्रम गरि मनाइएको छ। Tourism and Green investments भन्ने मुल नारा लाई  आत्मसात गर्दै पर्यटन दिवस मनाएको हो। received_327092343058718

प्यासिफिक एशियन ट्राभल एसोसिएसन (पाटा ) बिद्यार्थी  च्याप्टर (ASM) को मुख्य आयोजना तथा आदर्श स्कुल अफ म्यानेजमेन्ट र पुर्वान्चल उच्च मा.बि बिर्तामोड को सम्योजन र सुरुवाती कोठा नेपाल ,ट्रेक 8586 ,प्याक एन्ड प्याडल नेपाल ,आदर्श ब्याङ्केट लगायत को सहकार्य मा प्रभात फेरी गरिएको हो।आदर्श कलेज को प्राग्रण बाट सुरु भएको र्‍याली मुक्ति चोक परिक्रम गरेको थियो। र्‍याली मा प्याक एन्ड प्याड्ल का सदस्य हरु ले साइकल र्‍याली समेत गरेको कार्यक्रम मा ट्रेक 8586 ले बिद्यार्थी लाई ट्रेकिङ मा जादा ध्यान दिनु पर्ने कुरा को बारे मा प्रदर्शन गरिएको थियो ।र्‍याली मा ४०० बडि को सहभागीता रहेको थियो। प्रत्येक बर्ष झापा  बिश्व पर्यटन दिवस  मनाइदै आएको आदर्श का सन्जोग खरेल ले बताउनु भयो।