तेह्रथुम आठराई 

तुलसी सिटौला 

नबिल बैंक लि.  सक्रान्तिबजार शाखाले  तेह्रथुम जिल्लाको आठराई गाउँपालिका वडा नं ४  को प्रणामी मा. वि. मा सोमबार  डिजिटल बै‌किङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम गरेको छ । बैंकले स्थानीय क्षेत्रको कृषि प्रवर्द्धन, युवा तथा महिला उद्यमशीलता, डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता प्रवर्द्धनमा केन्द्रित रहेर कार्यक्रम गरेको हो ।

बैंकले नबिल दिगो बैंकिङका विभिन्न आयामहरू, डिजिटल बैंकिङ, क्युआर कोड र अन्य सेवा–सुविधाका बारेमा बैंकका मेची क्लस्टर  प्रमुख गुरु राज रेग्मीले विशेष प्रस्तुति दिनुभएको थियो  ।

 कार्यक्रममा प्रणामी मा.वि. का प्र.अ. अमृत ब. बुढाथोकी,शिक्षकहरु अभिभावकहरु,व्यवस्थापन समितिका अध्यक्ष भीम घिमिरे  सहित  सदस्यहरु लगायत कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरु तथा  बैंकका कर्मचारीहरुको  सहभागिता रहेको थियो ।


कार्यक्रममा बैंकका सक्रान्ति शाखा प्रमुख बिनम श्रेष्ठले  नबिल बैंकले विभिन्न क्षेत्रहरु जस्तै कर्मचारी,शिक्षक, विद्यार्थी,कृषक,व्यापारीलाइ लक्ष्यित गरि कर्जा,बचत तथा डिजिटल बैंकिङका स्किमहरु रहेको जानकारी गराउनु भयो। युवा र महिलाहरूको उद्यमशीलता विकास र रोजगारी सिर्जनामा सहयोग गरी दिगो समाजको निर्माण गर्न नबिल बैंक सधैँ तत्पर रहेको श्रेष्ठले बताउनु भयो । 

बैंकले ०७८ असार १५ गते सुरु गरेको दिगो बैंकिङ सुरुमा १७ वटा शाखाबाट सुरु गरेकोमा हाल एक सय भन्दा बढी शाखामा विस्तार गरेको जनाएको छ । दिगो बैंकिङ अन्तर्गत किसान कर्जा र उद्यमशील कर्जामार्फत बढी भन्दा बढी  कर्जा प्रवाह गरिरहेको बैंकले जनाएको  छ ।