बिर्तामोड । शैक्षिक परामर्श संघ (इक्यान) को ९ औं अधिवेशनमा शैक्षिक सुधारका निम्ति भन्दै झापाका सुमन शर्मा जमरकट्टेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।
नेपाली बिद्यार्थीहरुलाई बिदेश अध्ययनका गर्न पठाउँदै आएकाे इक्यानले आगामी दिनमा नेपाललाई शैक्षिक हब बनाउने एजेण्डा अगाडि सारेकाे छ । साे एजेण्डा पुरा गर्न आफ्नाे याेगदान रहने भन्दै शर्माले उम्मेदवारी दिने बिर्तामाेडमा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।
बोष्टन एजुकेशन फाउन्डेसनका सञ्चालकसमेत रहेका जमरकट्टेलले सरकारकाे उदासिनताका कारण शैक्षिक क्षेत्रमा नेपाल पछी पर्दै गएकाे बताएका छन् । बिद्यार्थीहरुलाई बिदेश पढ्न मात्र पठाउने नभई बिदेशका बिद्यार्थीहरुलाई नेपालमा पढ्न आउन प्रेरित गर्ने अभियानलाई योजनाका रुपमा अगाडि बढाउने लक्ष्य रहेको जमरकट्टेलले बताए ।
असार ३० गते काठमाडौंमा ईक्यानको अधिवेशन हुदैछ । ईक्यानमा ९ जना पदाधिकारी र ६ जना सदस्य निर्वाचित हुन्छन । अध्यक्षको लागि ४ जना चुनावी मैदानमा रहने घोषणा गरेका छन् ।
खासगरी उपत्याका बाहिरका कन्सलटेन्सीलाई ईक्यान नेतृत्वले गर्ने व्यवहार बिभेदपुर्ण रहेकाले त्यसको अन्त्यका लागि आफुले उम्मेद्वारी दिएको जमरकट्टेलले बताए । जमरकट्टेल कोशी प्रदेशबाट केन्द्रीय सदस्यका साझा उम्मेदवार हुन् ।



























































