एजेन्सी । पाकिस्तानमा मानव अंग तस्करी गर्ने गिरोहका ८ जना पक्राउ परेका छन् । पक्राउ परेका गिरोहका नाईके फवाद मुख्तारले ३ सय भन्दा बढी व्यक्तिको मृगौला निकालेर धनी मानिसहरुमा प्रत्यारोपण गरेको आरोप लागेको छ । मुख्तार यसअघि पनि ५ पटक मानव अंग तस्करीमा पक्राउ परिसकेका व्यक्ति हुन् भने उनी प्रत्येक पटक जमानतमा छुट्ने गरेको पाइएको छ ।यो गिरोहले प्रत्येक मृगौला एक करोड रुपैयाँमा बेच्ने गरेको खुलासा भएको छ । मृगौला निकाल्ने क्रममा ३ जना व्यक्तिको मृत्यु समेत भइसकेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका गिरोह पुर्वी पञ्जाव प्रान्तका साथै पाकिस्तान प्रशासित कश्मिरमा सक्रिय रहेको पाइएको छ ।

उनीहरुले सर्वसाधारणबाट निकालेको मृगौला धनी बिरामीलाई घरमै पुगेर प्रत्योरोपण गर्ने गरेको पञ्जाव प्रान्तका मुख्यमन्त्री मोहसिन नक्कीले जानकारी दिनुभयो ।

सन् २०१० मा मानव अंगको व्यापारलाई अवैध घोषण गरेको पाकिस्तानमा यस्ता गतिबिधीमा संलग्न जो कोहीलार्ई १० वर्षको जेल सजायँ र भारी मात्रामा बिगो भराउने कानूनी प्रावधान छ ।