बिर्तामोड । आज साँझ ८:३० बजे बजेको समयमा झापा अर्जुनधारा न.पा. ११ माता मन्दिर स्थित सि एम स्वीमिङ पुलमा  काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं १४ बाफल घर भई बिगत २ महिना  देखि  अर्जुनधारा नगरपालिका . ११ बसपार्क बस्दै आएका बर्ष अ. ४० को केशब पाठककाे मृत्यु भएको हो। पौडी खेल्ने क्रममा स्विमिङ पूलमा डुबेर घाईते अवस्थामा उनका साथीहरुले उनको उद्धार गरेका थिए । उद्धार गरी निजकै साथीहरुले उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड ल्याएकोमा डाक्टरले मृत घोषणा गरेकाथिए । थप अनुसन्धानको लागि इप्रका अनारमनीबाट प्रहरि अधिकृतको टोलीले अनुसन्धान गरिरहेको जनाइएको छ।