झापा, असार १ ।झापा जिल्ला टेबल टेनिस सङ्घको आयोजनामा सम्पन्न झापा जिल्लास्तरीय टेबल टेनिस प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा झापा जिल्लाका विभिन्न स्थानहरूबाट ११० जना खेलाडीहरूले सहभागिता जनाएका थिए।

प्रतियोगिता विभिन्न ६ विधामा सम्पन्न भएको थियो। प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने खेलाडीले ५ हजार, दोस्रोले ३ हजार र तेस्रो स्थान प्राप्त गर्नेले २ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन्।


प्रतियोगिताका नतिजा यस प्रकार रहेका छन्ः


जुनियर ब्वाइज (केटातर्फ)ः

प्रथमः दिवस खड्का (हरिकुल नमुना मावि, सुरुङ्गा)

दोस्रोः निश्चल घिमिरे (हरिकुल)

तेस्रोः लोकेन्द्र पनेरु (हरिकुल)

जुनियर गल्स (केटीतर्फ)ः

प्रथमः ईशा लिम्बू (ल्होत्से इङ्लिस स्कुल, धुलाबारी)

दोस्रोः चाहना नेम्वाङ (ल्होत्से)

तेस्रोः अनन्या कार्की (केरखा पब्लिक स्कुल)

सिनियर ब्वाइजः

प्रथमः स्यम अधिकारी (बिर्तामोड)

दोस्रोः दिपक भेटवाल (बिर्तामोड)

तेस्रोः गौरब इङनाम (खुदुनाबारी)

सिनियर गल्सः

प्रथमः निर्जला भट्टराई (अर्जुनधारा)

दोस्रोः अनन्या कार्की (केरखा पब्लिक स्कुल, कमल–३)

तेस्रोः युना शिवाकोटी (हरिकुल)

ब्वाइज डबल्सः

प्रथमः गौरब इङनाम ÷ टप्सन खड्का (खुदुनाबारी)

दोस्रोः दिपक भेटवाल ÷ स्यम अधिकारी (एकेडेमी)

तेस्रोः अनुज खरेल ÷ अञ्जिल दुलाल (सुरुङ्गा)

गल्स डबल्सः

प्रथमः ईशा लिम्बु ÷ प्रेक्षा खनाल (मेचीनगर)

दोस्रोः आभा पोखरेल ÷ रोनिसा श्रेष्ठ (बुद्धशान्ति–२)

तेस्रोः निर्जला भट्टराई ÷ एलिसा दवाडी (अर्जुनधारा ÷ कन्काई)

प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोह विशेष रूपमा सम्पन्न भएको थियो। समारोहमा झापा जिल्ला टेबल टेनिस सङ्घका अध्यक्ष सन्तोष अग्रवाल, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो। साथै, बिर्तामोड नगरपालिका वडा नं ५ का अध्यक्ष रोहित प्रसाईलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। उनीहरूले खेलाडीहरूलाई प्रोत्साहन दिँदै प्रमाणपत्र र नगद पुरस्कार वितरण गरेका थिए। समारोहमा खेलाडीको उत्साह, अनुशासन र प्रदर्शनप्रति सराहना गर्दै आगामी दिनमा अझ स्तरीय प्रतियोगिताको आयोजना गरिने प्रतिबद्धता व्यक्त गरिएको थियो।