राष्ट्रिय युवा संघ नेपाल तेह्रथुमको दुइ दिने ११ औँ अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।
अधिवेशनबाट अनिल नेपालको अध्यक्षतामा राष्ट्रिय युवा संघ नेपाल तेह्रथुम सर्वसम्मत चयन भएको छ ।
उपाध्यक्षमा मण्डेला चोम्बाङ,सचिवमा भरत कार्की,सह-सचिवमा यादब खापुङ र बिजय सिंगक,कोषाध्यक्षमा सुनिता गुरुङ र युवा बिज्ञ परिषद् प्रमुखमा जिवनकाजी थापा सर्वसम्मत चयन भएका हुन ।
तेह्रथुमको आठराई गाउँपालिका वडा नं ४ इवा स्थित प्रधान्मन्त्रि तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीको जन्म घरमा सम्पन्न अधिवेशनमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय अध्यक्ष क्षितिज थेवेको प्रमुख आतिथ्यता रहेको थियो ।
पूर्व जिल्ला अध्यक्ष राज कुमार थापाको अध्यक्षतामा सम्पन्न अधिवेशनको विशेष अतिथिमा नेकपा एमाले केन्द्रिय संगठन विभाग प्रमुख भानुभक्त ढकाल रहेका थिए ।
जिल्ला भित्र तथा बाहिरका युवा संघका सयौ कार्यकर्ता तथा शुभचिन्तकहरूको उपस्थितिमा ११ औँ जिल्ला अधिवेशन सम्पन्न भएको नव निर्वाचित अध्यक्ष अनिल नेपालले जानकारी दिए ।