तेह्रथुमको आठराई गाउँपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ। आठराई गाउँपालिकाको केन्द्र सक्रान्ति बजार स्थित श्री त्री मोहन मा.वि.को खेल मैदानमा उक्त प्रतियोगिता शुरु भएको हो।
आइतबार आठराई गाउँपालिका अध्यक्ष दिल कुमार पहिमले उक्त प्रतियोगिताको उद्घाटन गर्नु भएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष पाहिमले संघिय सरकारबाट आउँदै गरेको ससर्त अनुदान कटौती गरेपनी विद्यालय स्तरबाट नै खेल क्षेत्रको विकाशका लागि आठराई गाउँपालिकाले ५ लाख बिनियोजन गरेर प्रतियोगिता संचालन गरेको बताउँनु भयो।
सोहि अवसरमा आठराई गाउँपालिकाले सबै नि. मा. वि. र मा. वि. गरी आठराईका २५ विद्यालयलाई खेल पोशाक समेत वितरण गरेको छ।
रनिङ शिल्ड प्रतियोगितामा विभिन्न २८ विधामा खेलहरु संचालन गरिने आयोजक विद्यालय त्री मोहन मा.वि.का प्र. अ. चिन्तामणि उप्रेतीले जानकारी दिनु भयो।
माघ २७ गते आताबारबाट शुरु प्रतियोगिता माघ २९ गते मंगलबार सम्म ३ दिन संचालन हुने बताइएको छ।
आइतबारबाट शुरु भएको प्रतियोगिता मंगलबार सम्म ३ दिन संचालन हुने बताइएको छ।