अर्जुनधारा । झापाको अर्जुनधारामा अन्तरमावी पुरुष नकआउट फुटबल प्रतियोगिता आजवाट सुरु भएको छ ।
अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा आज वाट प्रतियोगिता सुरु भएकाे आयोजकले जनाएको छ ।
प्रतियोगितामा नगरका निजी र सरकारी १४ वटा बिद्यालयका बिद्यार्थीको सहभागिता रहने नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले जमनकारी दिए ।
स्थानीय गोलधाप युवा परिवारको व्यवस्थापनमा अर्जुनधारा-९ को नमुना खेल मैदानमा भईरहेकाे प्रतियोगिता माघ-५ गते समापन हुने छ । आज एकै दिन छ वटा बिद्यालयले प्रतिशप्रधा गरिरहेका छन्।
प्रतियोगिताको बिजेताले नगद ३० हजार र उपविजेताले २० हजार पाउने छन् । प्रत्येक खेलको प्लेयर्स अफ द म्याचले नगद १ हजार र फाइनलका प्रत्येक बिधाका उत्कृष्ट खेलाडि र अफिसियलले जनही २ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रतियोगिता सम्पन्न गर्न ३ लाख २० हजार रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ ।