तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्ति बजारमा चोरीका घटना दिनदिनै बढ्न थालेका छन । केही दिन यता सक्रान्तिबजारमा रातिको समयमा खानेकुरा लगायत विभिन्न सामग्रीहरू चोरी हुन थालेका छन । साउन १९ गते पसलको चाबी फुटाएर म म चोरी भएको भोली पल्ट मोबाइल तथा रेनकोट लगायतका सामग्री चोरी भएको पिडीतले बताएका छन । राती सिरानेमा राखेर सुतेको मोबाइल झ्यालबाट चोरी भएको पिडीत शुशिला थापाले बताउँनुभयो ।
चोरीका घटनाले उग्र रूप लिने आसंखमा इलाका प्रहरी कार्यालय सक्रान्तिबजारले थप सक्रियता बढाउँने बताएको छ । फाल्गुनन्दचोकमा रहेको प्रहरी बिटमा आज देखि २४ घन्टा थप जनशक्तिका साथ सकृयता पूर्वक प्रहरी खटाइने प्रमुख बद्री दाहालले बताउँनु भयो । उहॉले सबै बजार बासीलाई सतर्क रहन र कोही संकास्पद व्यक्ति फेला परेमा तुरून्त प्रहरीलाई खबर गर्न अनुरोध समेत गर्नुभयो ।
-सिसि क्यामरा छन तर सबै बिग्रीएका मात्र
आठराईको सक्रान्ति बजारमा पॉच ठाउँमा सि सि क्यामरा जडान गरिएका छन ।ती ५ बटै क्यामरा फागुन यता चलेका छैनन् । आठराई गाउँपालिकाले विगत २ वर्ष पहिले जडान गरेको र यसको मनिटरिङ इलाका प्रहरी कार्यालय सक्रान्ति बजारले गर्दै आइरहेको थियो ।
गाउँपालिकाले समयमै क्यामरा मर्मत नगर्दा बजारको मुभमेन्ट, कुनै पनि संकास्पद घटनाका व्यक्ति लगायत बजारको समग्र अवस्था बुझ्न असहज भइरहेको प्रमुख बद्री दाहले बताउँनु भयो ।