तुलसी सिटौला

तेह्रथुमको आठराई गा.पा. वडा नं.७ थोक्लुङ भालुखोपका एक दम्पती शिशु हत्याको आरोपमा शुक्रबार पक्राउ परेका छन ।

१९ वर्षीय नगेन्द्र श्रेष्ठ र  उनकी २० वर्षकी श्रमती मनिता लिम्बुले साउन १६ गते बच्चा जन्माइ हत्या गरी चर्पीको सेफ्टी ट्याङकीमा छुपाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय सक्रान्ति बजारका प्रमुख बद्री दाहालका अनुसार हत्या आरोपी दम्पतीको २ महिना पहिले मात्र बिबाह गरेको र छोटो समयमा बच्चा जन्मिएकोले गाउँमा हेला हुने डरले शिशुको जन्मने बित्तिकै हत्या गरेको हुन सक्ने बताउँनुभयो ।

उनीहरूलाई  पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तेह्रथुम पठाइएको प्रहरीले जनाएको छ । मृतको (छोरी) शव पनि सेफ्टी ट्याङकीबाट उत्खनन गरी पोस्माटमका  लागि जिल्ला अस्पताल तेह्रथुम पठाइएको प्रहरीको भनाई छ ।