तुलसी सिटौला (तेह्रथुम )

हामी सबैलाई थाहा भएको कुरा हो बाढी पहिरो जस्ता विपदका घटनाहरु वर्षातको समयमा हुने गर्दछ । हाम्रो देशमा वर्षातको समयमा वर्षेनी सयौँ मानिसहरुको मृत्यु हुने गरेको छ भने हजारौँ घरपरीवार विस्थापित हुने गरेका छन् ।बाढी पहिरो एक प्राकृतिक प्रकोप हो । अहिले देशभर मनसुन सक्रिय छ ।

दिनहुँजसो हुने बर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम छ । वर्षाको समयमा पहाडी भेगमा पहिरोको जोखिम बढी हुन्छ । विशेष गरी नदी तटीय क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर छ । बाढीले तराईका सयौँ घर डुबानमा पर्ने गरेका त हामीले सुन्दै आएका छौं ।पहाडमा पहिरोले धेरैको ज्यान गएको छ । कति बेपत्ता भए भन्ने यकिन छैन । 

IMG_2003

  • तसर्थ बाढी पहिरोबाट बच्ने निम्नलिखित उपाय अपनाउनुहोस्

पहिरो आउन लागेको कसरी थाहा पाउने ?
१.घर-आँगन, बस्ती वरिपरि चिरा परेको देखिनु ।
२.जमिनबाट कटकट गर्ने आवाजहरु आउनु ।
३.रुख र बिजुलीका पोलहरु ढल्किएको देखिनु ।
४.पानीका मूलहरु अस्वाभाविक रुपमा सुक्नु अथवा मूलहरु बढ्नु, नयाँ ठाउँमा मूलहरु देखापर्नु र भइरहेका मूलहरुबाट धमिलो पानी आउनु ।
५.भिरालो जमिनबाट ढुंगा माटो खस्नु ।
६.ठाडो खोल्साहरुमा एक्कासि बहाव रोकिनु । माथिपट्टि पहिरो खसेर थुनिएर रोकिएको हुनसक्छ ।
७.घरका झ्याल–ढोकाहरु एक्कासि बन्द गर्न र खोल्न अप्ठ्यारो हुनु ।
८.घरका भित्ता र भुइँमा चिराहरु देखिनु ।
९.बस्तीभन्दा तलपट्टि ठूलो खोला अथवा नदी छ र त्यसले सक्रिय रुपमा जमिन कटान गर्न लागेको छ भने अब पहिरो जाँदै छ भनेर बुझ्नुपर्छ ।

IMG_1998

  • बच्ने उपाय
    १.बाढीबाट जोगिन नदी तटीय क्षेत्रमा बस्नु हुन्न ।
    २.गाउँ र वस्तीमा बाढी आयो भने उचो भुभागमा जाने।
    ३.समुहमा बस्नु पर्छ ।
    ४.होचो भुभागमा आवातजावत गर्नु हुन्न ।
    ५.उच्च भुभागमा जाने ठाउँ छैन भने आफ्नो घरको पहिलो, दोस्रो तल्ला वा छतमा बस्ने ।
    ६.जल तथा मौसम पुर्वानुमान विभागले २४ सै घण्टा मौसमी गतिविधि अपडेट गरिरहेको छ । संम्भव भएसम्म त्यो सुचना नियमित लिनुपर्छ ।
    ७.ठूलो पानी परिरहेको छ भने जोखिम यूक्त क्षेत्र नजिक भए नसुती चनाखो भएर बस्ने।
    ८.पुरानो पहिरो गएको स्थानमा बस्ती नबसाल्ने ।
    ९.नदी–नालाको पानीको बहावलाई जमिन कटान हुन नदिने गरी व्यवस्थापन गर्ने ।
    १०.जथाभावी डोजर, एक्साभेटर प्रयोग नगर्ने ।